Inversely Proportional



 खाना खादै थिएम हिजो मुखै अगाडि भयको कराई देखेर बुबाले भन्नु भयो यो कराई मैले ल्याएको नि १२ बर्ष पुगेछ

अनि ति बिगतका यादहरुले हृदयमा दस्तक दिन थाले


६ कक्षामा पढ्दा पहिलो चोटि त्यो कराईमा दाल खायम होला। त्यो कराईमा कहिले मेरो घरको हासो पाक्यो, त कहिले मेरि आमाको आँसु पाक्यो, कहिले म प्रथम भयको खुसिमा खसिको मासु पाक्यो, त कहिले घरमा केहिपनी खाने तरकारी अनि मेरो बाउको गोजि खाली भयको बेला 

सिन्की पाक्यो, । ९ कक्षामा पढदा मलाई मेरि आमा बाहेक अर्को केटि मनपर्न थालेपछि तेहि कराईको नुन नलागेको अनि कहिले मीठो नबनेको परिकार नि मीठो मानी मानी नि मैले र मेरा परिवारले खायम।


बुबाले मेरि आमा बाहेक अर्कै आईमाई सङ् लाग्दा घरमा पैसा न पठायर १०,१५ दिन न फोन कल न केही खबर गर्दा मेरि आमाले मनभरी पीडा आखामा आँसु र हाम्रा अगाडि हासेको जस्तो गरेर रुदै बुबाको बाटो कुरेर बनायको परिकार नि नरुचि  नरुचि भयनि खायम। जब हाम्रो परिवार पैसाको अभाबमा गुज्रिरहेको थियो घरलाई बैङ्कमा धितो राखेर ल्यायको पैसाले कहिले बोइलरको मासु पाक्यो त कहिले मेरि आमको आँसु पाक्यो। २०७२ साल चैत्र महिनाको मेरो १० कक्षाको बोर्ड परिक्षाको बेला छोरोले परिक्षा बिगारीहाल्छ कि भनेर मनमा धुकचुक र त्रासमै मेरि आमाले मेरा लागि छोरो आएर खाला भनेर मीठो परिकार पनि तेहि कराईमा पाक्यो।


जब मैले मेरो आई.ए.सि. को पढाईको लागि घर छोडेर काठमाडौं लागे मलाई २ बर्ष त पतै भयन त्यो कराईमा कुन दिन के पाक्यो,कुन दिन मीठो भयन,कुन दिनको धेरै मीठो थियो। बस एक दिन सुने बैङ्कको लोन तिर्न न सकेर घर लिलामीमा लाग्यो रे त्यो दिनको स्वाद चाहिँ मैले घरमा नभयनि पत्तो पाईहाले जतिसुकै मीठो भयनि त्यो कराईमा  पाकेको परिकारको कुनै स्वाद छैनहोला भन्ने। २०७५ सालको बैशाख महिनामा मेरो सारा परिवार काठमाडौं आय।अनि हाम्रो दिनहरु तेहि कराईमा पाकेको परिकार्ले सुरु र साझहरु तेहि  कराईमा पकेको परिकारले अन्त हुनथाले दिन,महिना अनि आज १२ बर्ष पुगेछ तेहि कराईमा पकायको परिकार खानथालेको।


अन्तत:त्यो कराइले मेरि आमको खुसी,हासो,रिस अनि दु:ख मेरो पहिलो कोइ केटि प्रतिको मीठो र चन्चले भावना,घरमा भयको दु:ख सुखका पल र मेरो बाउका केही गल्ती अनि केही जिम्मेवारी अनि मेरा केही पूरा भयका चाहान अनि केही अझै अपुरा रहेका सपना अनि मेरो परिवारको प्रतिष्ठा

पहिलादेखी अहिलेको स्थितीमा पुगेको दर्शाउछ


    #धर्म_आचार्य


Comments

Popular Posts