four eyes


  सुन्दर बिहानिको 

स्पर्शले चुम्ने परिकल्पनामा 

पखेटा फिजाई 

संन्सारमा समान्ताको 

प्रकाश पार्न संकल्पमा

प्रिय फुल भई 

फुल्ने होडमा 

अनि 

कयौं सपना सोचेर 

रङ्गने मनसायमा म थिए

तर 

घृणा गर्यौ 

तिमिहरुले दानव 

असहनिय प्रहार माथी प्रहार 

मैमाथी गर्यौ 

हतियारको रूपमा बोली 

लाज छोपेका 

मेरा कपडाहरुमाथी 

तिमिहरुको नग्न सोच 

यसरी नै जिउदै छौ तिमिहरु 

यसरि फुल्न दिदै छौ मलाई

गनाउछ सोच तिमिहरुको

दोस मेरो चरीत्र

तिमीहरू र म 

सहगामी

जसरी बाघ र हरिण

जिरिङ्गत

हरेक दिन मेरो हत्या 

बैशका रङ्गहरुमा

खिया लागेको छ

मेरा हड्डीहरुमा 

उम्रेको छन झाडहरु 

जस्तै बाझो खेतमा

हरेक दिन

हरेक रात 

मेरो सपनामा 

मेरो बिपनामा 

मेरो अचेत अवस्थामा 

बेचेकि छु मैले 

मेरो स्पृष्टी

पाल्नलाई म 

तुहिदा जन्मेकी 

छोरी

हेरेका छन मलाई

चिडियाखानाको बघिनि जस्तै,


म थाके 

तर यो समाज थाकेन 

प्रश्न 

पर्श्नै रहने भयो

म के सम्मान जनक 

जिवन यापन गर्न पाउदिन?

यो समाज रुपैया भए

म सिक्का हुन पाउदिन?

हेक्का रहोस ए,

पैसा जले खाग हुन्छ 

सिक्का सिकै रहन्छ

अरुजस्तै चेली...........




       शब्द = धर्म आचार्य

Comments

Popular Posts